Kathmandu Press

अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित

लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा जेठ २० र २१ गते सञ्चालन भइरहेको पर्यटन प्रवर्द्धन कार्यक्रममा गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ, लमजुङको राइनास नगरपालिका नरेन्द्र शाही र मानराज गुरुङ सम्मानित भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । पर्वतारोहीहरूलाई गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले सम्मान प्रदान गरेकी हुन् ।
अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित

लमजुङ, जेठ २१ : ७६ औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङमा तीन जना पर्वतारोहीलाई सम्मान गरिएको छ । 

लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा जेठ २० र २१ गते सञ्चालन भइरहेको पर्यटन प्रवर्द्धन कार्यक्रममा गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ, लमजुङको राइनास नगरपालिका नरेन्द्र शाही र मानराज गुरुङ सम्मानित भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । पर्वतारोहीहरूलाई गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले सम्मान प्रदान गरेकी हुन् ।

Hardik ivf

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले कार्यक्रम आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका र अन्नपूर्ण संरक्षण आयोजना (एसीएपी) को सहकार्यमा कार्यक्रम आयोजना भएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । 

पूर्णिमा श्रेष्ठ नेपालको पर्वतारोहण क्षेत्रमा छोटो समयमै असाधारण सफलता हासिल गर्ने महिला आरोहीमध्ये एक हुन्। गोरखाको आरुघाटमा जन्मिएकी पूर्णिमा पेशाले फोटो पत्रकार हुन्। सन् २०१७ मा एभरेस्ट म्याराथनको समाचार सङ्कलनका क्रममा हिमालसँग नजिकिने अवसर पाएपछि उनले पर्वतारोहणलाई आफ्नो जीवनको लक्ष्य बनाइन्। सन् २०२५ मा पाँचौँ तथा सन् २०२६ मा छैटौँ पटक सगरमाथा सफल आरोहण गर्दै उनले आफूलाई नेपालको अग्रणी महिला पर्वतारोहीका रूपमा स्थापित गरिसकेकी छन्।  

नरेन्द्र शाही नेपाली पर्वतारोहण क्षेत्रमा पछिल्लो दुई दशकदेखि एकछत्र प्रभाव जमाउन सफल नाम हो । उनी नरेन शाही ठकुरीको नामले समेत परिचित छन् । लमजुङको राइनस नगरपालिकामा जन्मिएर हिमालको काखमा आफ्नो भविष्य खोजिरहेका शाही आज केवल एक आरोही मात्र नभई अन्तर्राष्ट्रिय स्तरका माउन्टेन गाइड, प्रशिक्षक र कुशल उद्धारकर्ताको रुपमा स्थापित छन् । 

सन् २००५ मा मेरा पिक आरोहणबाट आफ्नो साहसिक यात्रा सुरु गरेका शाहीले सन् २०१७ देखि २०२४ सम्मको छोटो अवधिमा विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँच पटक सफल आरोहण गरेका छन् । 

नेपाली पर्वतारोहण र साहसिक पर्यटनको क्षेत्रमा ‘बौद्धिक आरोही’को पहिचान बनाएका मन राज गुरुङ पछिल्लो समय एक प्रेरणादायी नाम बनेको छ । लमजुङको राइनस नगरपालिका प्यारजुङमा जन्मिएका  गुरुङले १५ मे २०२५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नो १५ वर्ष लामो साहसिक यात्रालाई नयाँ उचाइ दिएका छन् ।  पछिल्लो समय उनी पर्यटन, साहसिक खेल र हिमाल आरोहणको औपचारिक शिक्षा ऐच्छिक विषयको रुपमा माध्यमिक तहदेखिनै पठनपाठन गर्नु पर्दछ भनि वकालत गरिरहेका छन् ।

प्रकाशित मिति: ०९:४७ बजे, बिहीबार, जेठ २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्