Kathmandu Press

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तीन लाख ११ हजार ३ सय रुपैयाँ कायम छ। 
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, जेठ १९ : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तीन लाख ११ हजार ३ सय रुपैयाँ कायम छ। 

सोमबार सुनको मूल्य तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। 

सोमबार चाँदीको मूल्य पाँच हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: १२:२६ बजे, मंगलबार, जेठ १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्