Kathmandu Press

सुनको मूल्य एकै दिन तोलामा २० हजार बढ्यो

सरकारले बजेटमार्फत सुनमा लाग्दै आएको भन्सार १० बाट २० प्रतिशत बनाएको थियो। 
सुनको मूल्य एकै दिन तोलामा २० हजार बढ्यो

काठमाडौं, जेठ १७ : नेपाली बजारमा आइतबार सुनको मूल्य भारीमात्रामा बढेको छ। 

बजेट आएपछिको पहिलो कारोबार दिन नै सुनको मूल्य भारीमात्रमा बढेको हो। सरकारले बजेटमार्फ सुनको भन्सार दोब्बर गरेपछि मूल्य पनि भारी मात्रामा बढेको हो। 

सरकारले बजेटमार्फत सुनमा लाग्दै आएको भन्सार १० बाट २० प्रतिशत बनाएको थियो। 

आइतबार सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको छ। योसँगै सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। 

शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ। 

प्रकाशित मिति: १२:२४ बजे, आइतबार, जेठ १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्