Kathmandu Press

बालीमा रमाउँदै प्रियंका जोडी

काठमाडौं, फागुन २७ : अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी यति बेला बालीमा छन् । प्रियंकाले बालीका आयुष्मानसँगका रोमान्टिक तस्बिर सामाजिक स....

बालीमा रमाउँदै प्रियंका जोडी

काठमाडौं, फागुन २७ : अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी यति बेला बालीमा छन् । प्रियंकाले बालीका आयुष्मानसँगका रोमान्टिक तस्बिर सामाजिक संजालमा सेयर गरेकी छन् ।

इन्डोनेसियाको बालीमा रमाइरहेको प्रियंका जोडीको सामाजिक संजालमा पनि चर्चा छ । उनले इन्स्टाग्राममा सेयर गरेका तस्बिर हजारौं फलोअर्सले पनि मन पराएका छन् ।

Hardik ivf

प्रियंकाले दुई साता अघि ३२औं जन्मदिन मनाएकी थिइन् । त्यही अवसरलाई छोपेर प्रियंका जोडी बाली पुगेको हो ।

उनले इन्स्टाग्राममा फोटो मात्रै सेयर गरेकी छैनन्, आयुष्मानको मायाको खुब प्रशंसा पनि गरेकी छन् ।

 

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, फागुन २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्