Kathmandu Press

हावाहुरीले क्वारेन्टाइनकाे छानाे उडाउँदा‍‍...

गुल्मी, जेठ १५ : गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ।  जिल्लाको इस्मा गाउँपालिका १ स्थित रातचौर प....

हावाहुरीले क्वारेन्टाइनकाे छानाे उडाउँदा‍‍...
Hardik ivf

गुल्मी, जेठ १५ : गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ।  जिल्लाको इस्मा गाउँपालिका १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई राख्न व्यवस्थापन गरिएको चार कोठे क्वारेन्टाइनस्थलको छानो बुधबार छानो उडेको हो। 

दिउँसो आएको हावाहुरीले विद्यालयको तीनकोठे भवनको छानो उडाएपछि नागरिकलाई क्वारेन्टाइनमा राख्न समस्या भएको विद्यालय क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक बाबुराम पन्थीले जानकारी दिए।

उनीहरूका लागि ल्याइएका बिस्तारासमेत पानीले भिजेपछि थप समस्या भएको छ। हावाहुरीसँगै आएको पानीले विद्यालयका महत्वपूर्ण कागजपत्र, बाल विकासका सामग्री, खेलौनालगायतमा क्षति पुगेको छ।

प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्