Kathmandu Press

टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाद्वारा स्वास्थ्य सामग्री प्रदान

काठमाडौं, जेठ १५ : कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले  स्वास्थ्य सामग्री प्रदान गरेको छ। <....

टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाद्वारा स्वास्थ्य सामग्री प्रदान

काठमाडौं, जेठ १५ : कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले  स्वास्थ्य सामग्री प्रदान गरेको छ। 

करिब एक करोड ६८ लाख बराबारको ती सामग्रीमा मेडिकल मास्क पाँच हजार, ननमेडिकल मास्क २०  हजार, थर्मलगन ३००, एन–९५ मास्क पाँच हजार, व्यक्तिगत सुरक्षा कवच (पिपिइ) तीन हजार, मेडिकल आइसोलेसन चश्मा तीन हजार, पञ्जा पाँच हजार र  मेडिकल जुत्ता तीन हजार र स्यानिटाइजर रहेका छन्। 

Hardik ivf

नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरप्रमुख चाइ रेन लाङ जोङले कोरोना नेपाल र चीन सिमाना तातोपानीमा सामग्री हस्तान्तण गरेका हुन्।

नगरप्रमुख अधिकारीले नाङ्सु नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सामग्रीले आफ्नो नगरमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सहयोग पुग्ने बताए। 'चीनमा पहिलोपटक कोभिड–१९ को संक्रमण हुँदा हामीले सहयोगका लागि उहाँलाई आग्रह गरेका थियौँ,' उनले भने, 'अहिले यहाँ संक्रमण देखिएपछि उहाँहरुले हामीलाई सहयोग गर्नुभयो,' उनले सामग्रीले नगरवासीको स्वास्थ्य परीक्षण गरिने बताए। 

अहिलेसम्म टोखा नगरपालिकामा दुई जनामा संक्रमण देखिएको छ। दुई नगरपालिकाबीच एक वर्षअघि भगिनी सम्बन्ध भएको थियो।

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्