Kathmandu Press

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । 
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ १० : हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा भईरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।  

Hardik ivf

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

यस्तै, आज राती कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भुभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०९:०९ बजे, आइतबार, जेठ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्