Kathmandu Press

रास्वपा बाराको विस्तारित बैठकमा तनाव, सांसद तथा नेताहरुविरुद्ध नाराबाजी

सहभागीहरूका अनुसार पार्टीका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षलाई दबाबमा पार्ने र बाइपास गर्ने प्रयास गरिएपछि विवाद सुरु भएको थियो। भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै गएपछि आक्रोशित कार्यकर्ताहरूले नेताहरूविरुद्ध नाराबाजी गरेका थिए।
रास्वपा बाराको विस्तारित बैठकमा तनाव, सांसद तथा नेताहरुविरुद्ध नाराबाजी

बारा, जेठ ९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा तीव्र विवाद र तनाव उत्पन्न भएको छ।

विवादका क्रममा आक्रोशित कार्यकर्ताहरूले बैठक स्थलमा उपस्थित प्रतिनिधिसभा सदस्य (सांसद) तथा केन्द्रीय नेताहरूलाई धक्का दिन थालेपछि प्रहरीले कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो।

Hardik ivf

शनिबार बाराको कलैयास्थित करणराज पार्टी प्यालेसमा रास्वपाको विस्तारित बैठक आयोजना गरिएको थियो । बैठकमा बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नं. २ का चन्दन सिंह, क्षेत्र नं. ३ का अरविन्द साह, क्षेत्र नं. ४ का रहबर अन्सारी तथा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीलगायतका केन्द्रीय नेताहरू सहभागी थिए।

सहभागीहरूका अनुसार पार्टीका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षलाई दबाबमा पार्ने र बाइपास गर्ने प्रयास गरिएपछि विवाद सुरु भएको थियो। भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै गएपछि आक्रोशित कार्यकर्ताहरूले नेताहरूविरुद्ध नाराबाजी गरेका थिए।

प्रहरी टोलीले आक्रोशित भीडबाट सांसद तथा केन्द्रीय नेताहरूलाई सुरक्षित रूपमा अर्को ठाउँमा पठाएको थियो।

केही दिनअघि मात्रै रास्वपाले संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता समेत खारेज गरेपछि बारामा पार्टीभित्रको आन्तरिक विवाद निकै गहिरिएको थियो।

सोही असन्तुष्टिको विष्फोट आजको बैठकमा भएको बुझिएको छ । हाल बैठक स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र कडा सुरक्षाका बीच कार्यक्रम पुनः सुचारु गरिएको छ ।

प्रकाशित मिति: १७:१२ बजे, शनिबार, जेठ ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्