Kathmandu Press

एसईईमा अनुत्तीर्ण विद्यार्थीको अवस्थाप्रति गम्भीर ध्यान दिन सांसद ओलीको आग्रह

‘सफलताको मात्र उत्सव मनाउँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएर बाहिरिइरहेका छन् । ती विद्यार्थीहरूको विषयमा पनि अभियानले विशेष पहल गर्छ भन्ने अपेक्षा राखेको छु । अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन।’
एसईईमा अनुत्तीर्ण विद्यार्थीको अवस्थाप्रति गम्भीर ध्यान दिन सांसद ओलीको आग्रह

काठमाडौं, जेठ ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले एसईई परीक्षाको नतिजा र शैक्षिक चुनौतीप्रति गम्भीर ध्यान दिनुपर्ने बताएकी छन्।

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वर नगरपालिकाभित्र एसईई उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस वर्ष एसईईमा करिब २ लाख ७१ हजार विद्यार्थी उत्तीर्ण हुँदा १ लाख ६७ हजार विद्यार्थी अनुत्तीर्ण भएको उल्लेख गरिन्। उनका अनुसार विशेषगरी मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या बढी देखिएको छ।

Hardik ivf

उनले सफल विद्यार्थीहरूको मात्र नभई अनुत्तीर्ण विद्यार्थीहरूको अवस्थाप्रति पनि ध्यान दिन आवश्यक रहेको बताउँदै भनिन्, ‘सफलताको मात्र उत्सव मनाउँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएर बाहिरिइरहेका छन् । ती विद्यार्थीहरूको विषयमा पनि अभियानले विशेष पहल गर्छ भन्ने अपेक्षा राखेको छु । अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन।’

उनले अनुत्तीर्ण भएका धेरै विद्यार्थी पुरक परीक्षामा समेत सहभागी नहुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस विषयमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्। सांसद ओलीले शैक्षिक प्रणालीलाई निरन्तरता दिन र कुनै पनि विद्यार्थीलाई शिक्षाको मूल प्रवाहबाट टाढा हुन नदिन सरकार तथा विभिन्न अभियानहरूको भूमिका महत्वपूर्ण हुने बताइन्।

‘यति धेरै विद्यार्थीहरु अनुत्तीर्ण भैइराख्नु भएको छ । जो विद्यार्थीहरु अनुत्तीर्ण हुन्छन् तीनिहरुलाई हामी भुल्छौं। यसमा पनि ८० प्रतिशत विद्यार्थीहरु पुरक परिक्षामा पनि जानु हुन्न। त्यसैले यसमा ध्यान दिनुपर्ने हामी सबैको जिम्मेवारी हो । फेल भएका विद्यार्थीहरुलाई पनि कसरी हुन्छ अभियान या सरकार मार्फत हामीले शिक्षाको मूल प्रवाहबाट बे्रक गर्नु हुँदैन,’ उनले भनिन्।

कार्यक्रममा उनले संसदमा राष्ट्रको पक्षमा निरन्तर आवाज उठाइरहनुपर्ने आवश्यकता पनि रहेको उल्लेख गरिन्।

प्रकाशित मिति: १४:२० बजे, शनिबार, जेठ ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्