Kathmandu Press

सामुदायिक रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्छः सञ्चारमन्त्री

उनले लोककल्याणकारी विज्ञापनमा राज्यले ३० करोड खर्च गरिरहेको जानकारी दिँदै अरु विज्ञापनमा चलखेल भएकाले हाललाई त्यो रोकिएको बताए।
सामुदायिक रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्छः सञ्चारमन्त्री

ललितपुर, जेठ ९ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।

दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा १०२.४  मेगाहर्जको ३०औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सामुदायिक रेडियो थप प्रविधिमैत्री भएर जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्ने बताए।

Hardik ivf

मन्त्री डा. तिमल्सिनाले मुलुकका आमनागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्त्व अहिले पनि नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको अवश्यकता रहेकामा जोड दिए। उनले नैतिक पत्रकारिता र जिम्मेवारीपूर्ण सञ्चारका लागि रेडियो सगरमाथा थप प्रविधिमैत्री हुँदै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न शुभकाना दिए।

‘रेडियो सगरमाथा नेपालको इतिहासमा निष्पक्षताको मानक भएको तथ्य तीन दशकदेखि देखाइरहेका, पढाइरहेको छ । अहिले अधिकांश सञ्चारमाध्यमले सङ्घर्ष गरिरहनुपरेको  । सञ्चारमाध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्नेगरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछु,’ उनले भने।

उनले लोककल्याणकारी विज्ञापनमा राज्यले ३० करोड खर्च गरिरहेको जानकारी दिँदै अरु विज्ञापनमा चलखेल भएकाले हाललाई त्यो रोकिएको बताए।

प्रकाशित मिति: १२:५८ बजे, शनिबार, जेठ ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्