Kathmandu Press

पाँचथरमा बाढी पहिरोको आधा दर्जन बढी पुल बगायो

अविरल वर्षा हुँदा माथिबाट आएको पहिरोले याङवरक ३ र ७ को सिमावती लाम्वाखोला ढाँड एकराते निवासी महमलाल खबास र कविन्द्र खबासको घर बगाएको प्रहरीले जनाएको छ। 
पाँचथरमा बाढी पहिरोको आधा दर्जन बढी पुल बगायो

पाँचथर, जेठ ९ : अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो परिमाणका भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

शुक्रबार राति भएको वर्षासँगै आएको बाढीले दोभाने खोला, तमोर खोला र मध्य पहाडी राजमार्ग आसपास निर्मित संरचनासँगै केही नागरिकका घर बगाएको हो।

Hardik ivf

बाढीले पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की मोटरएबल पुल पनि बगाएको छ। पाँचथरकै याङवरक गाउँपालिकामा पर्ने दोभाने खोला र त्यहा सञ्चालित हाइड्रो पावरसहित दर्जनौ संरचनामा क्षति पुगेको बताइएको छ। 

अविरल वर्षा हुँदा माथिबाट आएको पहिरोले याङवरक ३ र ७ को सिमावती लाम्वाखोला ढाँड एकराते निवासी महमलाल खबास र कविन्द्र खबासको घर बगाएको प्रहरीले जनाएको छ। 

याङवरक १,२ र ३ का विभिन्न खोला नालामा लगाइएका झोलुङ्गे र पक्की पुलमा पनि बाढीले क्षति पुर्‍याएको छ। सडक माथिदेखि आएको पहिरोका कारण मध्यपहाडी राजमार्ग अन्तर्गत च्याङथापु–थर्पु खण्ड अवरुद्ध छ।

वर्षापछि त्यस क्षेत्रमा टेलिफोन सम्पर्कसमेत हुन सकिरहेको छैन। जसकारण क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: ११:५३ बजे, शनिबार, जेठ ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्