Kathmandu Press

दाङमा एकैदिन थप १५ जनामा कोरोनाको संक्रमण पुष्टि

घोराही, जेठ १५ : दाङमा एकैदिन  थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान,....

दाङमा एकैदिन थप १५ जनामा कोरोनाको संक्रमण पुष्टि

घोराही, जेठ १५ : दाङमा एकैदिन  थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको परीक्षणमा दाङका १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको उपकुलपति प्रा.डा. संगीता भण्डारीले जानकारी दिइन्। 

संक्रमितहरु दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाका रहेका छन्। उपकुलपति भण्डारीका अनुसार घोराही उपमहाननगरपालिका वडा नम्बर १० का २४, ४० र ४० वर्षीय पुरुष र वडा नम्बर १८ का  २४, २५, ४० र ४२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको छ।

यस्तै, लमही नगरपालिका वडा नम्बर १, २, ४, ५ र ६ का १७, १८ २०, २३, २६, २६, ३० वर्षीय पुरुष र २० वर्षीया किशोरी रहेका छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमै रहेको उपकुलपति भण्डारीले जानकारी दिइन्।
 

प्रकाशित मिति: ०८:०० बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्