सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, जेठ १ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार रुपैयाँले घटेर तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार सुन ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ३५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ।
हिजो बिहीबार चाँदी ५ हजार ७ सय ४५ रुपैयाँमा कारोवार भएको थियो।
प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, जेठ १, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












