Kathmandu Press

इन्भेस्टमेन्ट मेघा बैंक भन्यो,-अनुसन्धानका क्रममा बैंकको सेवा प्रवाहमा समस्या हुदैन्

बैंकले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेसहित केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सन्दर्भमा प्रतिक्रिया व्यक्त गर्दै बैंकले उक्त प्रस्टीकरण दिएको हो।
इन्भेस्टमेन्ट मेघा बैंक भन्यो,-अनुसन्धानका क्रममा बैंकको सेवा प्रवाहमा समस्या हुदैन्

काठमाडौं वैशाख ३१ : नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले आफ्नो बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेको बताउँदै अनुसन्धानका क्रममा बैंकको सेवा प्रवाहमा समस्या नहुने बताएका छ । 

बैंकले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेसहित केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सन्दर्भमा प्रतिक्रिया व्यक्त गर्दै बैंकले उक्त प्रस्टीकरण दिएको हो। इन्भेष्टमेन्ट मेगा बैंकले बुधबार वक्तव्य जारी गर्दै बैंक तथा वित्तीय संस्था ऐन, २०७३ तथा सुरक्षित कारोबार ऐन, २०६३ ले दिएको अधिकार अनुसार कर्जा असुली प्रक्रियाअन्तर्गत स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गरेको जनाएको छ। 

Hardik ivf

निक्षेपकर्ताको रकम सुरक्षित गर्ने कानुनी दायित्व अनुसार उक्त प्रक्रिया अघि बढाइएको बैंकले स्पष्ट पारेको छ। अनुसन्धान प्रक्रियाका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने विषयमा बैंकले सम्पूर्ण सरोकारवालालाई पूर्ण रुपमा विश्वस्त गराउन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सीईओ पाण्डेलाई स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी विषयमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीईबी) ले बुधबार बिहान पक्राउ गरेको थियो ।

बैंकका अनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण तथा सामग्रीको लिलामीका लागि ३ असोज २०८२ मा सूचना प्रकाशित गरिएको थियो । उक्त लिलामीबाट प्राप्त कुल ४ अर्ब ६० करोड रुपैयाँमध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण अन्तर्गतको कर्जा भुक्तानीमा प्रयोग गरिएको बैंकले जनाएको छ ।

बाँकी रहेको ३८ करोड रुपैयाँ भने सम्बन्धित निकायबाट खाता रोक्का रहेकाले बैंकको ‘अर्नेस्ट मनी अक्सन अकाउन्ट’मा राखिएको बैंकले जनाएको छ । सो रकम घर–जग्गाधनीहरूको बाँकी बहाल, विद्युत् महसुललगायतका दायित्व भुक्तानी गर्न प्रमाणसहित माग आएपछि क्रमिक रूपमा भुक्तानी गरिने बैंकको भनाइ छ ।

प्रकाशित मिति: ०७:१२ बजे, बिहीबार, वैशाख ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्