थालापति विजयले लिए तमिलनाडु मुख्यमन्त्रीको शपथ
चेन्नईस्थित नेहरू स्टेडियममा आयोजित विषेश समारोहमा विजयले तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरबाट पद तथा गोपनीयताको शपथ लिए।
नयाँ दिल्ली, वैशाख २७ : फिल्मी दुनियाँबाट सन्न्यास लिएर राजनीतिमा आएका चर्चित अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्।
चेन्नईस्थित नेहरू स्टेडियममा आयोजित विषेश समारोहमा विजयले तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरबाट पद तथा गोपनीयताको शपथ लिए।
विजयले मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रममा कंग्रेस नेता राहुल गान्धी पनि सहभागी थिए।
२३४ सदस्यीय तमिलनाडु विधानसभामा १२० निर्वाचित सांसदको समर्थन पाएपछि राज्यपालले शनिबार विजयलाई सरकार गठनका लागि आमन्त्रण गरेका थिए।
विजयले कांग्रेससहितका सहयोगी दलहरूको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन्।
मुख्यमन्त्री विजयसँगै टिभीकेका वरिष्ठ नेतासहित अन्य नौ जनाले मन्त्रीको शपथ लिएका छन्।
मन्त्री पदको शपथ लिनेमा बुसी एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी के प्रभु र एस कीर्तना रहेका छन्।












