उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम आउँदै, एशोसिएट र वस्तुगततर्फ क–कसले जिते?
महासंघको नेतृत्व अव तीन वर्ष अञ्जन श्रेष्ठले सम्हाल्ने छन्। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानको व्यवस्था अनुसार उनी अध्यक्ष भएका हुन्।
काठमाडौं, वैशाख २३ : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम आउने क्रम जारी छ।
महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। शर्माले ८७ र श्रेष्ठले ८० मत पाएका छन्।
त्यस्तै वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्। उनले ६३ मत पाए। श्रेष्ठका प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत पाए । एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे जित नजिक छन्। पाण्डेका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठ मत गणनाको शुरुदेखि नै पछाडि पर्दै आएकी छन्।
एसोसिएटतर्फ कार्यसमिति सदस्यको नतिजा सार्वजनिक भएको छ । जसअनुसार सचिन ढकाल सर्वाधिक १ हजार ३ सय १८ मतसहित विजयी भएका छन् । हेमन्त गोल्छाले १ हजार २ सय २ मत ल्याए । त्यस्तै अम्बिकाप्रसाद पौडेलले १ हजार १ सय ८३, उज्ज्वलकुमार श्रेष्ठ १ हजार १ सय ४६, शक्तिकुमार बेगानी १ हजार १ सय ४२ र ऋषि अग्रवालले १ हजार १ सय २२ मत ल्याएर विजयी भए । यसैगरी राजेशकुमार अग्रवालले १ हजार ८२, सुयस प्याकुरेल १ हजार ६९, सुशील थापाले १ हजार ५४ मत पाए।
त्यस्तै रामशरण भण्डारी १ हजार ४३, बाबुकाजी कार्की १ हजार ६, दिवश न्यौपाने ९ सय ९१, प्रियराज रेग्मी ९ सय ५४ र ईश्वरबहादुर जिसीले ९ सय ४५ मत ल्याएर विजयी भए । यस्तै सुरज उप्रेती ९ सय ७, कृष्णलाल महर्जन ८ सय ७४ र बटु लामिछाने ८ सय ६० मतसहित विजयी भए।
वस्तुगत सदस्यमा अरनिको राजभण्डारी सहित विजयी भएका छन्।
सदस्यमा नानिराज घिमिरे,पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान,संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन् । त्यस्तै सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउनेको समान (५०–५० मत) आएको छ । उनीहरूबीच कार्यकालका लागि गोलाप्रथा गर्ने तयारी छ।
जिल्ला–नगरतर्फ निर्वाचित हुनेहरूमा अर्जुन कुमार श्रेष्ठ, उज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन्।
वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यकारिणी समितिले निर्वाचित गर्नेछ। वरिष्ठ उपाध्यक्षका लागि हेमराज ढकाल र रामचन्द्र संघई मुख्य प्रतिस्प्रधी रहेका छन्।
महासंघको नेतृत्व अव तीन वर्ष अञ्जन श्रेष्ठले सम्हाल्ने छन्। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानको व्यवस्था अनुसार उनी अध्यक्ष भएका हुन्।












