Kathmandu Press

जनप्रतिनिधिद्वारा भोजपुरका ५२ पत्रकारको ‘कोराना बीमा’

भोजपुर, जेठ १३ : तीनजना जनप्रतिनिधिले भोजपुरका पत्रकारको कोरोना बीमा गराइदिएका छन्। कोरोनाको महामारीमा कार्यस्थलमा खटिने पत्रकारका लागि भोजपुर नग....

जनप्रतिनिधिद्वारा भोजपुरका ५२ पत्रकारको ‘कोराना बीमा’
प्रतिकात्मक तस्बिर

भोजपुर, जेठ १३ : तीनजना जनप्रतिनिधिले भोजपुरका पत्रकारको कोरोना बीमा गराइदिएका छन्। कोरोनाको महामारीमा कार्यस्थलमा खटिने पत्रकारका लागि भोजपुर नगरपालिका उपप्रमुख ममिता राई, वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्की र वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङले क्रियाशील ५२ जना पत्रकारको बीमा गराउन सोमबार आर्थिक सहयोग गरेका हुन्।

उनीहरुले आफूले पाउँदै आएको सेवा सुविधा कटाएर पत्रकारको कोरोना बीमा गर्न आर्थिक सहयोग गरेका हुन्। समाजलाई ससूचित गराउन जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै बीमा गराउन आर्थिक सहयोग प्रदान गरेको उपप्रमुख राईले बताए। उनले भने, 'पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै हामीले आफूले पाउँदै आएको सेवा सुविधालाई कटाएर बीमाका लागि रकम दिएका हौँ, यो महामारीको समयमा तपाईंहरुलाई यसले आफ्नो कर्तव्य पूरा गर्न थप हौसला मिल्छ भन्ने आशा गरेका छौं।'

Hardik ivf

सहयोग गरिएको बीमावापतको रकम लिँदै नेपाल पत्रकार महासंघ भोजपुर शाखाका कार्यवाहक अध्यक्ष एक्सन राईले कार्यस्थलको जोखिमलाई ध्यानमा राख्दै पत्रकारको बीमा गराउन सहयोग गरेकाले पत्रकारलाई कार्यस्थलमा खटिन थप हौसला मिल्ने बताए। साथै उनले कार्यस्थलमा खट्दा पत्रकार आफैँ पनि सजग बन्नुपर्ने बताए।

राईले भने, 'उहाँहरुले हाम्रो कामको जोखिमलाई ध्यानमा राखेर जुन महान काम गर्नुभएको छ यसका लागि शाखाको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु, साथै हामी पत्रकारले आजकै दिनबाट आफ्नो यात्रा विवरण राख्ने बानीको विकास गरौं।'

पत्रकार आबद्ध सञ्चारगृहबाट तलब नआउने अवस्थामा संक्रमण देखिए अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आइपर्ने आर्थिक समस्यामा समाधानमा बीमा कम्पनीबाट प्राप्त हुने रकमले केही राहत मिल्ने राईले बताए।

बीमा कम्पनीसँग भएको सम्झौताअनुसार फिल्डमा खटिने कुनै पत्रकारलाई संक्रमण भएमा कम्पनीले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ।

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्