Kathmandu Press

संक्रमित भेटिएसँगै टोखा क्षेत्र सिल

काठमाडौं, जेठ १३ : टोखा नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र सिल गरिएको छ। 

काठमाडौंको उत्तरी क्षेत्रमा रह....

संक्रमित भेटिएसँगै टोखा क्षेत्र सिल

काठमाडौं, जेठ १३ : टोखा नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र सिल गरिएको छ। 

काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो। नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पीसीआर परिक्षणलाई तीव्रता दिएको थियो। टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो।

प्रकाशित मिति: १२:२३ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्