सदनमा अनुहार मात्र हाेइन, काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छ : सांसद बुर्लाकोटी
‘हामी माथि ठूलो भारी बोकाएर जनताले पठाउनु भएको छ। यो सदन अहिले अनुहार मात्रै परिवर्तन भएको छैन। यो सदनमा धेरै कुराहरू परिवर्तन गर्ने सदस्यहरू उपस्थित छौं,’ उनले भने।
काठमाडौं, चैत २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कविन्द्र बुर्लाकोटीले जनताको अपेक्षा ठूलो रहेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले जनताले आफूहरूलाई ठूलो जिम्मेवारीसहित सदनमा पठाएको उल्लेख गर्दै अब केवल अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए।
‘हामी माथि ठूलो भारी बोकाएर जनताले पठाउनु भएको छ। यो सदन अहिले अनुहार मात्रै परिवर्तन भएको छैन। यो सदनमा धेरै कुराहरू परिवर्तन गर्ने सदस्यहरू उपस्थित छौं,’ उनले भने।
सांसद बुर्लाकोटीले वर्तमान संसदले जनताको विश्वास कायम राख्दै ठोस परिवर्तनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: १३:५१ बजे, सोमबार, चैत २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार