Kathmandu Press

राष्ट्रिय सभा उपाध्यक्षमा एमलोले लीला भण्डारीलाई उठाउने

राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल कांग्रेसले पनि एमाले उम्मेदवारलाई सघाउने भएपनि भण्डारी उपाध्यक्ष बन्ने पक्का भएको छ।
राष्ट्रिय सभा उपाध्यक्षमा एमलोले लीला भण्डारीलाई उठाउने

काठमाडौं, चैत २२ : नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा लीला भण्डारीलाई उठाउने भएको छ। 

विमला घिमिरेको कार्यकाल सकिएपछि यो पद रिक्त छ। त्यही पदमा एमालेले भण्डारीलाई अघि सारेको हो।

राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल कांग्रेसले पनि एमाले उम्मेदवारलाई सघाउने भएपनि भण्डारी उपाध्यक्ष बन्ने पक्का भएको छ। दुई संसदीय समितिको सभापति दिने सहमतिपछि कांग्रेसले एमालेलाई उपाध्यक्षमा सघाउने भएको बताइएकाे छ। 

उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ भने निर्वाचन भोलि हुने तालिका छ।

२०६४ मा कैलालीबाट संविधानसभा सदस्य निर्वाचित भएकी उनी माघ ११ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन्।
 

प्रकाशित मिति: १४:५५ बजे, आइतबार, चैत २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्