Kathmandu Press

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

बैंक तथा वित्तीय संस्थाहरूमा पैसा थुप्रिने क्रम नरोकिएपछि राष्ट्र बैंकले ५६ दिनको अवधिका लागि यो निक्षेप संकलन गर्न लागेको हो।
राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं, चैत २२ : बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरण मार्फत उक्त रकम संकलन गर्न लागेको हो।

बैंक तथा वित्तीय संस्थाहरूमा पैसा थुप्रिने क्रम नरोकिएपछि राष्ट्र बैंकले ५६ दिनको अवधिका लागि यो निक्षेप संकलन गर्न लागेको हो। यस उपकरणको बोलकबोल आजै हुनेछ भने संकलन गरिएको रकमको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १७ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

Hardik ivf

राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलनका लागि ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ।

यस प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। 

निक्षेप संकलनका लागि बैंकहरूले ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ भने एउटै संस्थाले बहुब्याजदरमा पनि बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। संकलन गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर कबोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखिने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

बजारमा मुद्रा आपूर्ति र ब्याजदरलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले समय–समयमा यस्ता उपकरणहरू प्रयोग गरी थुप्रिएको तरलता प्रशोचन गर्ने गर्दछ। पछिल्लो समय बैंकहरूमा निक्षेप बढ्ने तर कर्जा प्रवाह सुस्त हुने अवस्था आएपछि राष्ट्र बैंकले निरन्तर बजारबाट पैसा खिच्दै आएको छ।

प्रकाशित मिति: १२:४६ बजे, आइतबार, चैत २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्