Kathmandu Press

कांग्रेसले बोलायो संसदीय दलको बैठक

बैठकको एजेन्डा तय नभए पनि बैठकले संसदीय दलको नेता चयन गनुपर्ने बताइएको छ।
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, चैत २२ : नेपाली कांग्रेसले सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ। 

बैठकको एजेन्डा तय नभए पनि बैठकले संसदीय दलको नेता चयन गनुपर्ने बताइएको छ।

अन्य दलले संसदीय दलको नेता चयन गरिसके पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि दलको नेता चयन गरेको छैन। 

प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक पद हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत हुन्छन्।

प्रकाशित मिति: ११:२३ बजे, आइतबार, चैत २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्