‘महिला उद्यमशीलता सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक’
उपराष्ट्रपति यादवले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्यमशीलता आत्मनिर्भरता र राष्ट्रनिर्माणतर्फको प्रेरक कदम भएको भन्दै नेपाली महिला उद्यमीहरूको योगदान उल्लेखनीय रहेको धारणा राखे।
काठमाडौं, चैत २० : उपराष्ट्रपति रामसहाय यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तिकरणको साधन मात्र नभई सामाजिक रूपान्तरणको आधारसमेत भएको बताएका छन्।
शुक्रबार महिला उद्यमी महासंघ नेपालद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे।
‘महिला उद्यमशीलता व्यक्तिगत आर्थिक शसक्तिकरणको साधन मात्र होइनन्। सामाजिक रुपान्तरणको आधार पनि हुन् । महिलाले उद्यम मार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्दछ,’उनले भने उनका अनुसार नेपालमा महिला उद्यमशीलता केवल आर्थिक गतिविधिमा सीमित नरही सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक बनेको छ।
यसले महिलालाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय सीपलाई बजारसम्म पु¥याउने र समग्र अर्थतन्त्रलाई मजबुत बनाउने आधार निर्माण गर्छ । उनले भने,‘नेपालमा महिला उद्यमशीलता आर्थिक गतिविधिमात्र होइन् । सामाजिक रुपान्तरण र राष्ट्रिय विकासको संवाहक पनि हुन् । यसले महिलालाई आत्मानिर्भर बनाउने स्थानिय सिपलाई बजारसम्म पुर्याउने र अर्थतन्त्रलाई मजबुद बनाउने आधार निर्माण गर्छ । स्वेदशी उत्पादनलाई प्राथमिकता दिने उद्यमशीलता आन्तमानिर्भरता र राष्ट्रनिर्माण तर्फको प्रेरक कदम हो । नेपाली महिला उद्यमीको योगदान उल्लेखनीय छ।’
उपराष्ट्रपति यादवले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्यमशीलता आत्मनिर्भरता र राष्ट्रनिर्माणतर्फको प्रेरक कदम भएको भन्दै नेपाली महिला उद्यमीहरूको योगदान उल्लेखनीय रहेको धारणा राखे।
आजदेखि सुरु भएको मेला २२ गतेसम्म सञ्चालन हुने छ। मेलामा विभिन्न जिल्लाका घरेलु ,साना तथा मझौला महिला उद्यमी ,व्यवसायी तथा निर्यातकर्ता सहित विभिन्न देशका महिला उद्यमीहरुको सहभागीता रहने छ।
यस मेलामा जम्म १४० वटा स्टलहरु रहेका छन्। मेलामा हस्तकलाका सामानहरु जस्तैःप्राकृतिक रेसाजन्य वस्तुहरु,ढाका सामानहरु ,गलैचा,हाते कागनका सामानहरु ,जैविक खाद्य पदार्थ,स्वदेशी रैथाने खानेकुराका परिकारहरु,कृषिजन्य उत्पादन,जडिबुटीका सामानहरु ,विभिन्न मुर्तिहरु,गरगहना र सजावटका सामानहरु साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु आकर्षक ढंगले प्रदर्शनीमा राखिएको छ।












