Kathmandu Press

वैशाखबाट काठमाडौं महानगरले रात्री बस सञ्चलन गर्ने 

तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुनेछन् ।
वैशाखबाट काठमाडौं महानगरले रात्री बस सञ्चलन गर्ने 

काठमाडौं, चैत १९ : काठमाडौं महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।

महानगरले साझा यातायातसँगको सहकार्यमा काठमाडौंका दुई रुटमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्न लागेको हो।

सो बसको एउटा रुट ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा हुनेछ। यो रुट १६ किलोमिटर दुरीको हुनेछ।

यस्तै, अर्को रुट थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म हुन्छ। यसको दुरी २० किलोमिटरको छ।

काठामडौं महानगरका अनुसार यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने छ। यी बसहरु राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। 

तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुनेछन् ।

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, चैत १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्