इनिसाको शव परिवारले बुझ्ने, आजै अन्त्येष्टी
मंलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारैजना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो। अदालतको आदेशपछि परिवार इनिसाको शव बुझ्न तयार भएका हुन्।
सुर्खेत, चैत १९ : २७ दिनपछि इनिसा विकको शव आफन्तले बुझ्ने भएका छन्।
२७ दिनदेखि प्रदेश अस्पतालको शव गृहमा उनको शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी परिवारको छ।
इनिसाको न्यायको माग गर्दै परिवारले शव बुझ्न मानिरहेका थिएनन्।
मंलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारैजना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो। अदालतको आदेशपछि परिवार इनिसाको शव बुझ्न तयार भएका हुन्।
वीरेन्द्रनगरकै उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनी गत फागुन २३ गते वीरेन्द्रनगर–४ मा रहेको शहीद पार्क नजिकै जङ्गलमा अचेत अवस्थामा फेला परेकी थिइन्। लगतै प्रहरीले प्रदेश अस्पताल कालागाउँ पुर्याय पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रकाशित मिति: १२:१० बजे, बिहीबार, चैत १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार