संसदमा ७ मिनेट होइन, १ घण्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ
‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो । ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ’ साम्पाङले लेखेका छन्, ‘देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर।’
काठमाडौं, चैत १९ : नवनिर्वाचति प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्दैछ।
यो पटक संसदमा हर्क साम्पाङको पार्टी श्रम संस्कृति पार्टीले पाँचौं ठूलो दलका रुपमा प्रतिनिधित्व गर्दैछ।
ससदको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्दै छन्। त्यसमा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङलाई ७ मिनेट समय छुट्याइएको छ।
आफूले संसदको पहिलो बैठकमा ७ मिनेट समय पाउने समाचार बाहिरिएपछि अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आफूलाई ७ मिनेट होइन, १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताएका छन्।
‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो । ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ’ साम्पाङले लेखेका छन्, ‘देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर।’
प्रकाशित मिति: ११:३५ बजे, बिहीबार, चैत १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार