सुन मूल्य तोलामा ७४ सय बढ्यो, कतिमा हुँदैछ कारोबार?
आज सुनको प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं, चैत १८ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ।
आज सुनको प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ भएको थियो।
प्रकाशित मिति: १२:४१ बजे, बुधबार, चैत १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












