Kathmandu Press

गोकर्णेश्वर शिवचोकका सात घर सिल

काठमाडौं, जेठ १२ : काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्ष....

गोकर्णेश्वर शिवचोकका सात घर सिल
Hardik ivf

काठमाडौं, जेठ १२ : काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रका सात घर सिल गरिएको छ। ग्राण्डी अस्पतालका युवामा कोरोना संक्रमण देखिएपछि उनको घर वरपरका सात घर सिल गरिएको हो।

उनको आमा र श्रीमतीको पीसीआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले बताए। संक्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका सदस्यको मात्र परीक्षण गर्न लागिएको हो। परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण गरिने पनि उनले बताए। 

नगरपालिकामा यो दोस्रो संक्रमण भएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए। पहिलो संक्रमित गोकर्णेश्वर–४ क्षेत्रका हुन्। उनको कन्टयाकमा रहेका १९७ जनाको आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको छ। पोजेटिभ देखिएका सबैलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको उनले जानकारी दिए। नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पीसीआरको प्रतिवेदन भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १४:४० बजे, सोमबार, जेठ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्