Kathmandu Press

नेप्सेमा उच्च अङ्कको गिरावट, १३ अर्बको कारोबार

सोमबार नेप्से परिसूचक ४७.७१ अङ्कले घटेर दुई हजार ८३१ दशमलव ३९ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ६५ प्रतिशतको गिरावट हो। 
नेप्सेमा उच्च अङ्कको गिरावट, १३ अर्बको कारोबार

काठमाडौं, चैत १६ : नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा आज दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ।

सोमबार नेप्से परिसूचक ४७.७१ अङ्कले घटेर दुई हजार ८३१ दशमलव ३९ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ६५ प्रतिशतको गिरावट हो। 

Hardik ivf

आज ३४१ कम्पनीको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर एक लाख ५९ हजार ३२८ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। आज २३७ कम्पनीको शेयर मूल्य घट्दा २६ वटाको मात्र बढेको छ।

 रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाईड्रोपावर लिमिटेड, रिजलाईन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

सबैभन्दा धेरै सोलु हाईड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेको छ ।
–––

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, चैत १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्