बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप [तस्बिरहरू]
अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गरिरहेका एमाले कार्यकता र प्रहरीबीच आइतबार दिउँसो झडप भएको हो।
काठमाडौं, चैत १५ : काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गरिरहेका एमाले कार्यकता र प्रहरीबीच आइतबार दिउँसो झडप भएको हो।
प्रहरीले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेको छ। केहीबेर सो क्षेत्र तनावपूर्ण बनेको थियो।
ओलीको पक्राउको विरोध उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच शनिबर पनि सो क्षेत्रमा झडप भएको थियो।








प्रकाशित मिति: ०७:१७ बजे, आइतबार, चैत १५, २०८२
थप समाचार




