Kathmandu Press

महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला

कञ्चनपुर, जेठ १२ : कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको ताला खोलिएको छ। स्थानीय बासिन्दा र भीमदत्त नगरपालिकाबीचको सहमतिअनु....

महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला
Hardik ivf

कञ्चनपुर, जेठ १२ : कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको ताला खोलिएको छ। स्थानीय बासिन्दा र भीमदत्त नगरपालिकाबीचको सहमतिअनुसार पुल र पुल वरिपरिको क्षेत्रमा स्यानिटाइज गर्ने सहमतिपछि छ घण्टापछि पुलमा लगाइएको ताला खुलेको हो। पुललगायतका क्षेत्रमा दैनिक बिहान स्यानिटाइज गर्ने सहमति भएको वडाध्यक्ष लालबहादुर शाहीले बताए।  

नगरपालिका–१३ का बासिन्दाले भारतबाट फर्कने भित्रिन थालेपछि कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै पुलमा ताला लगाएका थिए। पुलमा स्यानिटाइजेसनको कार्य आइतबारदेखि शुरु गरिएको छ। भारतीय सीमावर्ती बजार खटिमा, वनबसाबाट रातिको समयको मौका छोप्दै भारतका विभिन्न क्षेत्रमा मजदुरी गर्न गएका नेपाली लुकीछिपी सीमा क्षेत्रमा प्रवेश गर्ने क्रम निरन्तर जारी रहेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। 

सीमानाकामा अवैधरूपमा प्रवेश गर्नेलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई दशगजा क्षेत्रमा राख्ने र त्यहाँबाट सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाउने कार्य गर्दै आएको छ। भारतबाट आउनेलाई पुल भएर नै आउने व्यवस्था गरिएको छ। हालसम्म ८०० बढी व्यक्तिलाई दशगजा क्षेत्रमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई सम्बन्धित जिल्लाका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनमा पठाएको छ। 

प्रकाशित मिति: १२:५७ बजे, सोमबार, जेठ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्