Kathmandu Press

शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल

उनका अनुसार आज(विहीबार) अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक आयोजना गरिनेछ।
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल

काठमाडौं, चैत १२ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि पार्टी आन्तरिक बैठकहरूको तयारी तीव्र रूपमा अघि बढेको बताएका छन्।

उनका अनुसार आज(विहीबार) अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक आयोजना गरिनेछ।

Hardik ivf

‘नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणपश्चात अब राष्ट्रिय स्वतन्त्र पार्टी ४ बजेदेखि हुने केन्द्रीय समितिको बैठक तयारीमा जुटेको छ । त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक हुनेछ,’ उनले भने।

बैठकका लागि वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । शपथ ग्रहण कार्यक्रम सकिएसँगै केन्द्रीय समितिका सदस्यहरू कार्यालयतर्फ आउने क्रम जारी रहेको प्रवक्ता झाले जानकारी दिएका छन्।

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, चैत १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्