Kathmandu Press

कांग्रेस अहिले जटिल र चुनौतीपूर्ण अवस्थामा पुगेको छ : डा.महत

जबसम्म पार्टीमा मानसिक र भौतिक रूपमा एकीकृत सकिँदैन तबसम्म पार्टी बलियो हुन नसक्ने उनको भनाइ थियो।
कांग्रेस अहिले जटिल र चुनौतीपूर्ण अवस्थामा पुगेको छ : डा.महत

काठमाडौं, चैत १२ : नेपाली कांग्रेसका नेता डा.प्रकाश शरण महतले पार्टी अहिले जटिल र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन्।

बिहीबार एक भिडियोमार्फत नेता डा.महतले नेपाली कांग्रेस चुनौतीपूर्ण अवस्थामा रहेकाले राजनीतिक चुनौतीलाई मध्य नजर गरेर समग्र पार्टीपंङ्ती एकीकृत हुन आग्रह समेत गरेका हुन्।

Hardik ivf

‘अहिले नेपाली कांग्रेस पार्टी जटिल र चुनौतीपूर्ण अवस्थामा छ। कांग्रेसले ३८ सिट मात्र ल्याएको छ। यो अहिलेसम्मकै अत्यन्तै न्यून सङ्ख्या हो। राजनीति चुनौतीलाई मध्य नजर गरेर समग्र पार्टीपंङ्ती एकीकृत हुन जरुरी छ,’ उनले भने।

जबसम्म पार्टीमा मानसिक र भौतिक रूपमा एकीकृत सकिँदैन तबसम्म पार्टी बलियो हुन नसक्ने उनको भनाइ थियो।

उनले नयाँ नेत्युत्व नभई आम निर्वाचनमा जान सकिँदैन भन्ने कुरालाई जबरजस्ती पार्टीको एक पक्षका साथीहरू अगाडि सारेका समेत आरोप लगाए।

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, चैत १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्