यस बर्ष चौधरी ग्रुपको ४५ अर्ब रुपैयाँ लगानी
काठमाडौं, फागुन २६ : नेपालका एक मात्र डलर अर्वपति विनोद चौधरीले विभिन्न क्षेत्रमा ४५ अर्ब लगानी गरेको बताएको छ ।
उनको स्वामित्वमा रहेक....

काठमाडौं, फागुन २६ : नेपालका एक मात्र डलर अर्वपति विनोद चौधरीले विभिन्न क्षेत्रमा ४५ अर्ब लगानी गरेको बताएको छ ।
उनको स्वामित्वमा रहेको चौधरी ग्रुपले चालू आर्थिक बर्ष २०७५/०७६ मा नेपालमा २० अर्ब लगानी गरिसकेको छ । केही परियोजना सम्पन्न भईसकेका छन् भने केही कार्यान्वयन चरणमा रहेका छन् ।
चौधरी ग्रुपले आईतबार विज्ञप्तीमा जारी गर्दै पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटल सहित मल्टिप्रपोज मल ‘ल्याण्डमार्क’ लगायत विभिन्न क्षेत्रमा लगानी गरेको जनाएको छ । चौधरी ग्रुपले सुनसरीमा सिजी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मध्य मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना लगायतमा पनि लगानी गरेको बताएको छ ।
सिजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगहरुको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ । जसमा सिजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्स लगायतका उद्योग रहेका छन् ।
चौधरी ग्रुप देशकै अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सिजी लाईफसेल’ कार्यान्वयनको तयारीमा रहेको छ । यस परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुनेछ । यस परियोजना कार्यान्वयनमा सम्वद्ध निकायबाट आवस्यक समर्थन र सहयोग प्राप्त हुने आशा गरको जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
चौधरी ग्रुपमा १० हजारभन्दा बढि कर्मचारी कार्यरत रहेका छन् । ग्रुपद्वारा उत्पादीत वस्तु तथा सेवाको व्यवसायमा हजारौँको सहभागिता रहेको छ । चौधरी ग्रुपले नवलपरासीमा स्थापना गरेको सि जी इन्डष्ट्रियल पार्क दक्षिण एसियाकै उत्कृष्टमध्येको एक मानिन्छ । ग्रुपले प्रदेश नम्बर ५ को बर्दिया र प्रदेश नम्बर १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको छ ।
चौधरी ग्रुपले तिर्यो ८ अर्ब ६७ करोड कर
आर्थिक बर्ष २०७४÷०७५ मा चौधरी ग्रुपको सम्वद्ध कम्पनीहरुले सरकारी राजश्वमा ९ अर्ब ६७ करोड रुपैयाँ योगदान गरेका छन् । उक्त आर्थिक बर्षमा संकलन भएको कुल सरकारी राजश्वमा ग्रुपको सम्वद्ध कम्पनीमार्फत् गरिएको राजश्वको योगदान १.६४ प्रतिशत रहेको विज्ञप्तीमा उल्लेख छ ।
चौधरी ग्रुपले आर्थिक बर्ष २०७३÷०७४ को तुलनामा आर्थिक बर्ष २०७४÷०७५ मा २२. ७२ प्रतिशत बढि राजश्व सरकारी ढुकुटीमा दाखिला गरेको छ । उक्त बर्षे ग्रुपले ७ अर्ब ८८ करोड रुपैयाँ राजश्वमा योगदान गरेको थियो । आर्थिक बर्ष २०७२÷०७३ को तुलनामा भने यो राजश्व ७३ प्रतिशतले बढि छ । उक्त बर्ष ग्रुपले ५ अर्ब ५९ करोड रूपैयाँ राजश्वमा योगदान गरेको थियो ।











-1754206481.jpg)