Kathmandu Press

नेपालगञ्जको धम्बोझीमा खुल्यो  ‘होटेल कान्तिपुर प्लाजा’

युवा उद्यमी तथा सञ्चालक ऋषिराम कँडेलका अनुसार दुईतारे मापदण्डअनुसार निर्माण गरिएको यस होटल २०८२ चैत ६ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।
नेपालगञ्जको धम्बोझीमा खुल्यो  ‘होटेल कान्तिपुर प्लाजा’

नेपालगञ्ज, चैत ८ : पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र नेपालगञ्जको मुटु धम्बोझी चोकमा करिब १५ करोड रुपैयाँ लगानीमा निर्मित ‘होटेल कान्तिपुर प्लाजा’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

युवा उद्यमी तथा सञ्चालक ऋषिराम कँडेलका अनुसार दुईतारे मापदण्डअनुसार निर्माण गरिएको यस होटल २०८२ चैत ६ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो। नेपालगञ्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक तथा विशिष्ट पाहुनाहरूलाई स्तरीय आतिथ्य सेवा प्रदान गर्ने लक्ष्यसहित होटल सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

Hardik ivf

होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठा रहेका छन्, जसमा विलासी अनुभवका लागि २ वटा स्वीट रुमसमेत उपलब्ध छन्। सबै कोठामा एसी तथा २४ सै घण्टा तातोपानीको व्यवस्था गरिएको छ। पाहुनाहरूको सहजताका लागि ८ जना अट्ने आधुनिक लिफ्ट पनि जडान गरिएको छ।

डिजिटल सेवालाई प्राथमिकता दिँदै होटलमा ई–सेवा लगायतका विभिन्न प्लेटफर्ममार्फत कोठा बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी, होटलमा ६० जना क्षमताको सभा हल, ५० जना क्षमताको रेष्टुरेन्ट र ३० सिट क्षमताको कफी क्याफे सञ्चालनमा छन्। सवारी साधनको सुरक्षाका लागि अन्डरग्राउन्ड पार्किङको सुविधा समेत उपलब्ध गराइएको छ।

धम्बोझी चोकजस्तो व्यस्त व्यापारिक केन्द्रमा सञ्चालनमा आएको यस होटलले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै नेपालगञ्जको आर्थिक तथा पर्यटकीय गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ०६:३४ बजे, आइतबार, चैत ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्