Kathmandu Press

आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना 

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको बाँकी भूभागमा आंशिक बादल लागेको छ । 
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना 

काठमाडौं, चैत ३ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको बाँकी भूभागमा आंशिक बादल लागेको छ । 

Hardik ivf

कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको भइरहेको छ । आज दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ् । 

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राती गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

प्रकाशित मिति: ०८:३७ बजे, मंगलबार, चैत ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्