Kathmandu Press

प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीको स्वकीय सचिव श्रेष्ठ मनोनित

कोषको संरक्षक समेत रहेकी प्रधानमन्त्री कार्कीले आइतबार आफ्नै स्वकीय सचिव श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेकी हुन्। उनको कार्यकाल ५ वर्षको हुनेछ। 
प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीको स्वकीय सचिव श्रेष्ठ मनोनित
Hardik ivf

काठमाडौं, चैत १ : प्रधानमन्त्रीको सचिवालयमा श्रीमती र नानेदारलाई राखेपछि विवादमा तानिएका प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत भएका छन्।

कोषको संरक्षक समेत रहेकी प्रधानमन्त्री कार्कीले आइतबार आफ्नै स्वकीय सचिव श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेकी हुन्। उनको कार्यकाल ५ वर्षको हुनेछ। 

प्रधानमन्त्रीको सचिवालयमा पत्नी र नातेदारलाई राखेपछि उन िविवादमा आएका थिए। विवाद भएपछि प्रधानमन्त्रीको सचिवालयबाट सबै नियुक्तिहरू हटाइएको थियो।

प्रकाशित मिति: १८:०३ बजे, आइतबार, चैत १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्