Kathmandu Press

इनिसा विक हत्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग

सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिन माग गरेको हो।
इनिसा विक हत्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग

काठमाडौं, चैत १ : नेपाल दलित मुक्ति मोर्चाले बालिका इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारसमक्ष माग गरेको छ।

सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिन माग गरेको हो।

Hardik ivf

साथै मोर्चाले घटनामा संलग्नलाई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपुर्तिको लागि माग गरेको छ।

ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए। उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनैपनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको बताए।

सुर्खेतको गुर्भाकोट नपा.–६ स्थायी घर भई हाल विरेन्द्रनगर–१ म बसोवास गर्दै स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीय बालिका इनिसा वि.क.को हत्या भएको थियो।

उनको गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न भनी घरबाट बाहिर गएको र अबेरसम्म घर नफर्केकाले खोजी गर्दा विरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएको थियो।

समग्र घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि क्रुरतापूर्वक हत्या भएको देखिएको मोर्चाले ज्ञापन पत्रमा उल्लेख गरेको छ।

प्रकाशित मिति: १७:५४ बजे, आइतबार, चैत १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्