राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एकजना सदस्यका लागि सिफारिस गरेको हो ।
काठमाडौं, चैत १ : राष्ट्रियसभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एकजना सदस्यका लागि सिफारिस गरेको हो ।
राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने एक पद रिक्त रहेको थियो । उक्त पदमा सरकारले अर्यालको नाम सिफारिस गरेको हो ।
सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था रहँदै छ ।
प्रकाशित मिति: १७:१९ बजे, आइतबार, चैत १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












