Kathmandu Press

कांग्रेसले २० जना समानुपातिक सांसद टुङ्ग्यायो, १५ जना महिला अनिवार्य

उनले सङ्घीय संसद्‍मा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकाले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताए।
कांग्रेसले २० जना समानुपातिक सांसद टुङ्ग्यायो, १५ जना महिला अनिवार्य

काठमाडौं, चैत १ : नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ। आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम टुङ्ग्याएको हो।

कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्ने छ। सोहीअनुसार सांसद छानिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

Hardik ivf

‘गत निर्वाचनको कुल सदर मत १ करोड ८ लाख ३५ हजार ३५ मध्ये नेपाली कांग्रेस पार्टीले १७ लाख ५९ हजार १७२ मत प्राप्त गरेको थियो। निर्वाचन आयोगको नियम बमोजिम हामीले प्राप्त गरेको मतको आधारमा २० वटा सिट संख्या प्राप्त गरेको छ,’ उनले भने, ‘२० जना प्रतिनिधि पठाउछौं, त्यसमा १५ जना महिला अनिवार्य छ। आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट मिलाएर अन्य सांसद चयन गरिएको छ।’

उनले सङ्घीय संसद्‍मा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकाले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताए। उनले विभिन्न क्लस्टर मिलाएर समानुपातिक सांसद छानिएको र आइतबार नै निर्वाचन आयोगमा नामावली बुझाइने जानकारी दिए।

प्रवक्ता चालिसेले बन्दसूचीमा आधारित भएरै निर्णय गरिएको र आयोगले रुजु गरेपछि नामावली सार्वजनिक हुने बताए।

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, चैत १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्