Kathmandu Press

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक चैत्र १ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, फागुन ३० : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बस्ने भएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक चैत्र १ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो।

बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल गरिने बताइएको छ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि दुलालले जानकारी दिए।

प्रकाशित मिति: १४:२१ बजे, शनिबार, फागुन ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्