Kathmandu Press

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो

यसदिन कारोबार रकम पनि बढेको छ। बुधबार १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३५ स्टकका १ लाख ३० हजार १५ पटकको कारोबारमा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँभन्दा बढीको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ।
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो

काठमाडौं, फागुन २८ : साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजार बिहीबार भने सुधारिएर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.०१ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७२ अंकले वृद्धि भएका छन्।

Hardik ivf

यसदिन कारोबार रकम पनि बढेको छ। बुधबार १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३५ स्टकका १ लाख ३० हजार १५ पटकको कारोबारमा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँभन्दा बढीको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ।

सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नेश्नल हाइड्रोपावर कम्पनी र होटल फरेस्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढ्दा दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ६७ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

त्यस्तै एचआइडिसीएल कम्पनीको करिब ५७ करोड र कुमारी बैंकको ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढ्दा ३ उपसमूह घटेका छन्। 

बैंकिङ उपसमूह सर्वाधिक २।०२ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूह भने सामान्य घटेका छन्।

प्रकाशित मिति: १८:३९ बजे, बिहीबार, फागुन २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्