Kathmandu Press

गायक जस्टिन बिबर समस्यामा

काठमाडौं, फागुन २६ : संसारभर चर्चित क्यानेडियन पप गायक जस्टिन बिबर डिप्रेसनका समस्यामा परेका छन् । उनले इन्स्टाग्राम अकाउन्टमा फोटो सेयर गर्दै समस्याम....

गायक जस्टिन बिबर समस्यामा

काठमाडौं, फागुन २६ : संसारभर चर्चित क्यानेडियन पप गायक जस्टिन बिबर डिप्रेसनका समस्यामा परेका छन् । उनले इन्स्टाग्राम अकाउन्टमा फोटो सेयर गर्दै समस्यामा परेको सार्वजनिक गरेका छन् ।

उनले पोस्टमा आफूले धेरै संघर्ष गरिरहेको बताएका छन् । जस्टिनले गहिरो सम्बन्धबाट विच्छेद भएको र अनौठो महसुस गरिरहेको उनले लेखेका छन् ।

Hardik ivf

उनी डिप्रेसनको सिकार भएका छन् । अहिले त्यसको उपचार चलिरहेको जनाएको छ ।

पत्नी हेली बल्डविनसँगै जस्टिन बिबर ।

यहि तनावका कारण जस्टिन र हेली बल्डविनको फेबु्रअरीमा हुने भनिएको विवाह पनि पछि सारिएको छ । उनीहरूले कानुनी रुपमा सन् २०१८ सेप्टेम्बरमा विवाह गरेका थिए । तर, परम्परागत रुपमा फेब्रुअरीमा विवाह गर्ने तय गरिएको थियो ।

अहिले हेली बल्डविन पनि जस्टिनलाई पहिलेकै अवस्थामा ल्याउन सघाइरहेको जनाएको छ ।

उनले सन् २०१६ को फोटो इन्स्टाग्राममा सेयर गरेका हुन् । दुई साथीसँगै प्राथना गरिरहेको जस्तो देखिएका उनले आफ्ना शुभचिन्तकलाई भगवानसँग प्राथना गरिदिन पनि आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: १५:३५ बजे, आइतबार, फागुन २६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्