Kathmandu Press

नेप्से परिसूचक ४६.७८ अंकले घट्यो

आज ३२९ कम्पनीको तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर एक लाख १५ हजार ५५० पटक खरिदबिक्री हुँदा १३ अर्ब १८ करोड दुई लाख ५५ हजार १५७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्से परिसूचक ४६.७८ अंकले घट्यो

काठमाडौं, फागुन २७ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६.७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ६४ प्रतिशतको गिरावट हो 

आज ३२९ कम्पनीको तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर एक लाख १५ हजार ५५० पटक खरिदबिक्री हुँदा १३ अर्ब १८ करोड दुई लाख ५५ हजार १५७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

Hardik ivf

आज म्युचुअल फण्ड समूहको उपसूचक ०.३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव ४७ प्रतिशतले घटेको छ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी रिदीपावर कम्पनी लिमिटेडको ८५ करोड ९४ लाख ५० हजार ३९४ बराबरको २४ लाख ३७ हजार ३३० बराबरको कारोबार भएको छ।

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, फागुन २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्