Kathmandu Press

सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ । 
सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन १७ : हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको छ ।

Hardik ivf

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ । 

कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

यस्तै, आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ०७:४७ बजे, बुधबार, फागुन २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्