Kathmandu Press

सहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने– जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

‘म निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन आएको हुँ। म जेनजी जनआन्दोलनबाट नै मन्त्री बनेको र म राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेको साथै जेनजीहरुकै बलिदानको जगमा आम जनताले भोट दिएर सांसदमा चुनिएको छु,’ उनले भने।
सहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने– जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

काठमाडौं, फागुन २६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहीद भएका विनोद महर्जनको परिवारलाई भेटेका छन्।

मंगलबार ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका सहीद ३४ वर्षीय विनोद महर्जनको परिवालाई भेटेर खरेलले आशीर्वाद लिएका हुन्।

Hardik ivf

भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन गएको बताए । जेनजीहरुकै बलिदानको जगमा आम जनताले भोट दिएर सांसदमा आफू चुनिएको उनले बताए।

‘म निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशीर्वाद लिन आएको हुँ। म जेनजी जनआन्दोलनबाट नै मन्त्री बनेको र म राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेको साथै जेनजीहरुकै बलिदानको जगमा आम जनताले भोट दिएर सांसदमा चुनिएको छु,’ उनले भने।

उनले जेनजी आन्दोलनका सहीद र प्रतिनिधिहरुले भ्रष्टाचार विरुद्ध ,रोजगारी र समृद्धिको लागि गरेको आन्दोलनको अझै अपूरो रहेको धारणा राखे । जेनजी आन्दोलनको अपूरो क्रान्तिलाई अब रास्वपाको सरकारले पूरा गर्ने उनको दाबी छ।

‘जेनजी आन्दोलनका सहीद र जेनजी प्रतिनिधिहरुले जुन रुपमा आन्दोलन गरे त्यो भ्रष्टाचार विरुद्ध ,रोजगारी र समृद्धिको लागि थियो। देशमै भविष्य सुनिश्चित होस् भन्ने चाहना थियो। त्यो चाहना अझै अधुरो छ,’ उनले भने, ‘त्यो अधुरो क्रान्तिलाई पूरा गर्न जनताले देशभरबाट मतपत्रमार्फत रास्वपालाई दुई तिहाईको बहुमत दिनुभएको छ। अब परिवर्तनको बाटोमा मुलुक जान्छ भन्ने उहाँहरुको विश्वास छ।’

प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, फागुन २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्