Kathmandu Press

एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने संभावना छैन : रामकुमारी झाँक्री

‘एमालेको मत घट्नुमा बैठक बसेर समिक्षा हुन्छ। बैठकको समिक्षाबाट नै यी कुराहरू बुझ्न सकिनेछ। हामी कहाँ चुक्यौँ, के गर्नुपथ्र्यो, जनताको अपेक्षा के थियो र के पूरा गर्न सकेनौँ भन्ने विषयमा समिक्षा गर्न बाँकी छ,’ उनले भनिन्।
एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने संभावना छैन : रामकुमारी झाँक्री

काठमाडौं, फागुन २५: नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समिक्षा गरिने बताएकी छन्।

राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समिक्षा गरिने बताएकी हुन्।

Hardik ivf

‘एमालेको मत घट्नुमा बैठक बसेर समिक्षा हुन्छ। बैठकको समिक्षाबाट नै यी कुराहरू बुझ्न सकिनेछ। हामी कहाँ चुक्यौँ, के गर्नुपथ्र्यो, जनताको अपेक्षा के थियो र के पूरा गर्न सकेनौँ भन्ने विषयमा समिक्षा गर्न बाँकी छ,’ उनले भनिन्।

त्यस्तै उनले पार्टी नेतृत्व परिवर्तनको विषयमा तत्काल कुनै निर्णय नभएको पनि स्पष्ट पारिन्।

‘तत्काल एमालेको नेतृत्व परिवर्तन हुन्छ वा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन। यसबारे एजेण्डा नै बनेको छैन । पार्टीको बैठक बिना एजेण्डा बन्दैन,’ उनले भनिन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले तेस्रो स्थानमा झरेको छ। 

प्रकाशित मिति: १६:१८ बजे, सोमबार, फागुन २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्