कर्णालीमा झण्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र कम दैलेख २ मा
सबैभन्दा बढी हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा १६.८३ प्रतिशत मत खसेको छ।
सुर्खेत, फागुन २१ : कर्णाली प्रदेशको १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत हुम्लामा खसेको छ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार दिउसो १ बजेसम्म कर्णालीमा ३०.७ प्रतिशत मत खसेको छ।
सबैभन्दा बढी हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा १६.८३ प्रतिशत मत खसेको छ।
मुगुमा ३७.५५, जाजरकोटमा ३४.५३, डोल्पामा ३४.०५, सल्यानमा ३३.५७, सुर्खेत क्षेत्र नम्बर २ मा ३१.५३ र क्षेत्र नम्बर १ मा ३०.७२ प्रतिशत मत खसेको निर्वाचन आयोेगले जनाएको छ।
त्यस्तै जुम्लामा ३१.२६, कालिकोटमा २६.७९, दैलेख क्षेत्र नम्बर १ मा २१ दशमलव ९२ प्रतिशत र रुकुम पश्चिममा ३४.५३ मत खसेको छ।
प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, फागुन २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












