क्वारेन्टाइनमै मदिरा पुर्याउँदा...
चितवन, जेठ ११ : क्वारेन्टाइनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको छ। राप्ती नगरपालिका वडा....

चितवन, जेठ ११ : क्वारेन्टाइनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको छ। राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियाले क्वारेन्टाइनमा बसेका आफन्तलाई मदिरा पुर्याएपछि उनलाई जरिवाना गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाका अनुसार थपलियालाई बुद्धशान्ति माविमा रहेको क्वारेन्टाइनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्याउन जाने क्रममा गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो। प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ।
प्रकाशित मिति: १३:३६ बजे, आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












