५६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं, फागुन १७ : नेपाली बजारमा आइतबार साताको कारोबारको पहिलो दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुनको मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी मूल्य तोलामा ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:३५ बजे, आइतबार, फागुन १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार